रौतहटमा आज बिहान चट्याङ लागेर एकजनाको मृत्यु

रौतहट ः रौतहटमा शनिबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

चट्याङ लागेर परोहा नगरपालिका २ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको ज्यान गएको हो ।

घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि गम्भीर घाइते भएका थिए ।

उपचारका लागि अस्पताल र्पुयाएपछि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार