सर्लाही : वडाध्यक्ष श्रेष्ठको अन्त्येष्टि

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शनिवार दिउँसो अन्त्येष्टि गरिएको छ ।

श्रेष्ठको भक्तिपुरस्थित दुर्गा मन्दिर नजिकैको पोखरी किनारमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । वडाध्यक्ष श्रेष्ठको अन्त्येष्टिमा पूरै गाउँका मानिस सहभागी भएका थिए ।

यस्तै, एमाले सर्लाहीका अध्यक्ष रेवती पन्त, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, विघटित प्रतिनिधि सभाका सदस्य प्रमोद साह र ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा पनि सहभागी भएर स्वर्गिय श्रेष्ठप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

श्रेष्ठको सुक्रवार राती हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा ईश्वरपुर नगरपालिका-३, कै ३५ वर्षीय पे्रमराज दाहाल र बरहथवा नगरपालिका-१, का ३८ वर्षीय हर्क बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    

प्रतिक्रिया

सम्बन्धित समाचार