Friday 12th of April 2024

लालबन्दीमा बेवारिसे शव फेला

0 Shares

लालबन्दी ः लालबन्दी नगरपालिका– १४, नारायणखोलामा सुक्रवार बिहान एक बेवारिसे पुरुष मृत भेटिएका छन् ।

नारायणखोलास्थित माइस्थान स्कुलदेखि अली अगाडि डाईनीतर्फ जाने खोलाको बगर छेउमै नाम, ठेगाना खुल्न नसकेको पुरुषको शव फेला परेको नारायणखोलाका वडाध्यक्ष सुबाई सिंह ब्लोनले उज्यालो अभियानलाई जानकारी गराए । अन्दाजी ७० वर्ष जतिका ती पुरुष करिव एक महिनादेखि दिनभर मागेर खाने र रात परेपछि खोलाको किनारमा बस्दै आएका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा र्पुयाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया