धनुषामा ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा सवार दुई युवक घाईते

धनुषा ः धनुषाको कमला नगरपालिका ४ सघारा चोक नजिकै हुलाकी सडकमा भयानक दुर्घटना भएको छ । मिनी ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा सवार दुई युवक घाईते भएका हुन् ।

सिरहातर्फ जाँदै गरेका ज. १ प. ९३६३ नम्वरको मोटरसाइकमा ज. १ क. ३६३ नम्बरको मिनी ट्रकले ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुई युवक घाईते भएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहिचान नखुलेका दुबै जनालाई उपचारका लागि जनकपुर ल्याउन लागेको छ ।

ठक्कर दिने मिनी ट्रक जनकपुरतर्फ आउँदै थियो । ठक्कर दिएलगत्तै चालक हामफालेर फरार भएका छन् । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया