Saturday 5th of October 2024

महोत्तरीका बालबालिकाहरु मोवाइलमा व्यवस्त हुँदा अभिभावकहरुमा चिन्ता

0 Shares

गौशाला ः महोत्तरी लगायत सँसार नै कोरोना भाईरस कोभिड–१९ बाट अस्तब्यस्त रहेको हुँदा कोरोना महामारीका कारण विद्यालयहरु बन्द छन् । महोत्तरी जिल्लाको बालबालिका अहिले खेत लगायत खेल खेल्नमा ब्यस्त रहेको पाईएको छ । सहर बजार क्षेत्रमा इन्टरनेटको माध्यमबाट पठन पाठन भईरहेपनि ग्रामिण क्षेत्रका बालबालिका झण्डै दुई महिना यता पढाईबाट बञ्चित छन् । उनिहरु घन्टौंसम्म मोबाईलमा व्यस्त हुँदा अभिभावकमा चिन्ता देखिन्छ । विद्यालय बन्द हुँदा र पढाई नहुँदा फुर्सदिला बनेका बालबालिका मोबाईलमा खेल खेल्नमा ब्यस्त हुने गरेका छन् ।

प्राय समय मोवाईलमा खेल खेल्नमै बित्न थालेपछि आफ्ना छोराछोरी खाना खान मन नगर्ने र एकान्तमा बस्न मन पराउने हुँदै गएकोमा गौशाला नगरपालिका– १० को एकजना अभिभावक उपेन्द्र राउतको भनाइ छ ।

सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर किशोरीहरु आजभोलि घण्टौँसम्म बन्द कोठामा इन्टरनेट र मोबाईलमा ब्यस्त हुन्छन् । जुन उनिहरुको लत बन्ने खतरा रहेको अर्का एकजना महिला अभिभावक राजकुमारी साहले बताउनु हुन्छ ।

पढाईको समयमा वा नयाँ कुरा खोजीका लागि इन्टरनेट लगाएत प्रविधीको प्रयोग गर्नु राम्रो भएपनि हरेक समय मोवाईल अथवा कम्प्युटर खेल खेलेर बस्ने बानीले बालबालिकामा नकारात्मक असर गर्ने बालमनोविज्ञहरु बताउँछन् ।

अभिभावकले बालबालिकासँग बढी समय बिताउने तथा उनीहरूसँग कुराकानी गरिरहने र बालबालिकालाई नयाँनयाँ पकवानहरू पकाउन सिकाएर व्यस्त बनाउन सके नराम्रो लत छुटाउन सकिने गौशाला नगरपालिका–५ का स्थानिय नागेन्द्र साहको बुझाई छ ।

प्रतिक्रिया