Monday 17th of June 2024

महोत्तरीमा बेपत्ता महिलाको शव खेतमा भेटियो ।।

0 Shares

महोत्तरी / एक महिनादेखि वेपता भनिएकी लोहारपट्टी नगरपालिका ७ की मुकेश ठाकुरकी २६ बर्षिया श्रीमती सुजिता ठाकुरको शव उनकै खेतमा गाडिएको अवस्थामा फेला परेको छ ।

छोरीको हत्या गरेको माईतीपक्षले दावी गरेपछि महोत्तरी प्रहरीले शंकास्पद स्थानमा खनेपछि सुजिताको शव भेटिएको हो ।
माइती पक्षले मुकेशकै खेतमा छोरीको कपाल भेटिएको दावी गरेपछि प्रहरीले घटनास्थलमा पुगि खन्ने क्रममा सुजिताको शव फेला पारेको हो ।


पीडित पक्षले गत साता बेपत्ता महिलाको ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको माईतीपक्षको भनाई रहेको छ । त्यसपछि माईतीपक्षले सुजिताको व्यापक रुपमा खोजविन गर्दै आएको थियो ।
यसअघि पनि ससुरालीपक्षले सुजितालाई विभिन्न वहानामा वारम्बार कुटपिट गर्दै आएको मृतकका भाइ शिवम् पाण्डेले बताउनुभयो । भाइ शिवम् पाण्डले दुईसाता अघि नै फेसबुकमा लाईभ आएर आफ्नो दिदीको हत्या भएको र उनको शव बेपत्ता पारेको हुन सक्ने जनाउनुभएको थियो ।


केहि वर्ष अघि नै सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेका थिए। तर उक्त घटना प्रहरीले छलफल गरी मिलाएको अभियन्ता गुन्जा रायले बताउनुभयो ।


यता महोत्तरीका एसपी दिनेश आचार्यले अहिले आफूहरू सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकोले तत्काल केही भन्न नसकिने बताउनुभएको छ ।
तस्वीर : विवेक कुशवाहा

 

 

प्रतिक्रिया