Sunday 16th of June 2024

सुजिता हत्या प्रकरण : श्रीमान् र देवर प्रहरीको नियन्त्रणमा ।।

0 Shares

महोत्तरी / महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्याको आरोपमा श्रीमान मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई नियन्त्रणमा लिएको छ । हिजो खेतमा हत्या गरि गाडिएको अवस्थामा शव फेला पारे लगतै प्रहरीले उनका श्रीमान र देवरलाई नियन्त्रणमा लिएको हो । यता मृतकको ससुरा पतिराम ठाकुर अझै फरार रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
घटनाको छानविनका लागि मृतकका श्रीमान् र देवरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन ।
सुजिताको माइती पक्षले भने हत्यामा श्रीमानको संलग्नता नरहेपनि देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरमाथि शंका रहेको जनाएको छ । मृतक सुजिताको माईतीपक्षका अनुसार गत १९ जेठको बिहानै मृतकको घरमा सुजिता र उनको देवर तथा ससुराबीच झगडा भएको थियोे । त्यस लगत्तै उनी सम्पर्कविहीन भएकी थिइन् ।
पतिराम गाउँका सम्पन्न व्यक्ति रहेकोले प्रहरीलाई प्रलोभनमा पारेर अनुसन्धान नै प्रभावित पारेको आरोप माइती पक्षको छ । सुजिताका भाई शिवम् पाण्डेका अनुसार प्रहरीमा उजुरी दिन गए पनि महोत्तरीका प्रहरीले दर्ता गर्न मानेका थिएनन् ।
माइती पक्षको सहयोगमा प्रहरीले आईतबार साँझ उनको आफ्नै खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला पारेको थियो ।

 

प्रतिक्रिया