Saturday 5th of October 2024

महोत्तरीको भमरपुरामा यसरी गरिएको थियो सुजिताको हत्या (हेर्नुहोस् विस्तृत विवरण भिडियो सहित)

0 Shares

महोत्तरी : लोहरपट्टी नपा–७ भमरपुरा की २६ वर्षीया सुजिता ठाकुरलाई दाइजोकै कारण हत्या गरेको आरोपमा २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय देवर रूपेश ठाकुरलाई असार १३ गते गिरफ्तार गरेको छ ।

घटनाका आरोपित सुजिताका ससुरा पतिराम ठाकुर फरार रहेको प्रहरीले जनाएको छ ।

जेठ २० गतेदेखि सम्पर्कविहीन रहेकी सुजितालाई हत्या गरेर खेतमा गाडिएको अवस्थामा असार १३ गते शव फेला परेको हो ।

लामो समयदेखि सम्पर्कविहीन सुजिताको हत्या दाइजोकै कारणले गरिएको माइती पक्षले आरोप लगाएको छ । सुजिताको परिवारले भने सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो ।

प्रहरीले खोजविनको क्रममा घरदेखि करिब एक किलोमिटरको दुरिमा रहेको ठाकुर परिवारको खेतमा गाडेको शव उत्खनन गरेर फेला पारेको हो । केही वर्षअघि पनि सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेको स्थानीयको आरोप छ ।

माइती पक्षको सहयोगमा प्रहरीले सुजिताको शव फेला पारेको हो । गाउँकै केही मानिसले खेतमा खाल्डो खनिएको देखेपछि शव गाडिएको हुन सक्ने आशङ्का गरेर सुजिताको बुवा कामेश्वर पाण्डेलाई बताएका थिए । पाण्डेले छोरीको शव गाडेर माथिबाट धानको बिउ राखेको बताउनु भयो ।

माइती पक्षकै आग्रहपछि प्रहरीले शव गाडिएको शङ्कास्पद ठाउँमा खनेर हेर्दा फेला परेको हो । खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको थियो ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धानका लागि शव अन्यत्र पठाउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताउनु भयो ।

असार ७ गते माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन गएको तर एसपीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर फर्केको मृतकका बुबा कामेश्वर पाण्डेले आरोप लगाउनु भयो ।

उहाँले छोरी हराएको र खोजतलासको लागि प्रहरीलाई जानकारी गराउँदा पनि चासो नदिएको र अहिले छोरीको शव फेला परेको गुनासो गर्नु भयो । मृतक सुजिताका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा छन् ।

यसरी पत्ता लाग्यो हत्याको रहस्य

महोत्तरी जिल्ला भमरपुरा की सुजिता ठाकुर जेष्ठ २० गते देखि वेपत्ता रहेको थियो । घर पक्षले सुजाता कोहि अर्कै केटासंग भागेको बताउँदै आएका थिए ।

तर रतौली माइत पक्षले सुजिताको घरपरिवारले हत्या गरेर लास गायव पारेको आरोप लगाउँदै आएका थिए ।

सुजिताको वुवा कामेश्वर पाण्डेले छोरी वेपत्ता भएको र उसको घरपरिवारले हत्या गरेको आशंका भएको हुँदा जाँचबुझ र खोजतलासको लागि उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताए । वुवा कामेश्वरले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमाने पछि महिला सेलमा निवेदन दिएर आए ।’ उनले तर प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो गरे ।

वैदेशिक रोजगारीको शिलशिलामा साउदी रहेको सुजिताको भाई जितेन्द्र पाण्डेले सामाजिक संजाल मार्फत यस घटनाको उजागर गर्दै घरपक्षले नै दिदीको हत्या गरि आफ्नै खेतमा गाडेको आरोप लगाए । सुजीताको पाँच वर्षीय छोराको एउटा विडियो पनि सार्वजनिक गरियो । त्यो भिडियोमा ति बालकले आमाको हत्या हजुरबुवा, बुवा र काकाले गरेको भनेर भनेको छ।

प्रहरीले दिदिको खोजतलासमा कुनै चासो लिएको देखे पछि साउदीबाट नै भाई जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायलाई सहयोगको लागि आग्रह गरे । सरोज राय त्यहि अभियन्ता हुन जसले साउदीमा मृत्यु दण्डको सजाय पाएको धनुषाको उमेश यादवलाई ब्लडमनिको व्यवस्थापन गरेर बचाएर नेपाल फर्काउन सफल भएका थिए ।अभियन्ता रायले घटनाबारे थप बुझ्न शुक्रवार सुजिताको माइती रतौली गाउँ पुगे। सुजिताको वुवा कामेश्वर पाण्डे, आमा र दुई कान्छो भाई आकाश र शिवमलाई भेटे र घटना बारे जानकारी लिए ।

त्यसपछि शनिवार अभियन्ता राय प्रदेश न. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटि यस घटना वारे ध्यानाकर्षण गराए । अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि हर्कतमा आए । शनिवार केहि प्रहरी आएर पिडित पक्षले लगाएको आरोप अनुसार सुजाताको शवलाई गाड़ेको ठाउँको निरिक्षण समेत गरे ।

अभियन्ता रायको भनाई अनुसार यो जघन्य अपराधको मामिला हो, एकदम यउभल अबकभ हो, यति प्रमाण भएर पनि दोषीलाई सजाय भएन भने प्रहरी प्रशासनबाट सबैको विश्वास उठ्ने छ । यदि जिल्ला प्रहरीले निस्पक्ष अनुसन्धान गरेन भन्ने हामी अन्य निकाय समक्ष जान्छौं तर यस घटनालाई ढाकछोक गर्न दिदैनौं ।

घटना बारे सुजिताको बुवा कामेश्वर पाण्डेले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तै ः

घटना २५ दिन पहिला जेष्ठ २० गते हो । विहान करिव आठ बजे सुजाताले मलाई फोन गरेर कस्तो घरमा विहे गराई दिएको भनेर रिस पोखेकी थिइन् । फोनमा कुरा भई रहँदा पछाडीबाट झगडाको पनि आवाज आइराखेको थियो । केहि बेर पछि सुजाताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरन्त भमरपुरा आउन भन्यो । म जाने तरखर मै थिएँ कि फेरी रुपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भन्यो । त्यस दिन सुजातासंग भेट्न हामी कोहि गएनौं । भोली पल्ट सुजाताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनि रह्यो । पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा पनि उनले उठाएनन् । आधी घण्टा पछि रुपेशले आफै फोन गरेर सुजीताले कोठामा ताल्चा लगाई घर छोडेर भागेको जानकारी दियो । तर राति सम्म पनि छोरी संग कुरा नभए पछि अर्को दिन विहान आठ बजे सुजीताको हामी बुढा बुढी (सुजिताको बुवा र आमा) भमरपुरा पुगे । रतौली बाट भमरपुरा मोटर बाटो नजिकै भएकोले दश मिनेटमा पुगे । सुजाताको कोठामा लागेको ताल्चा फोड्न लगाए । सुजाताको कपडा देखि सबै समान यथावत थियो । दराजमा सुजाताको गरगहना पनि यथावत देखे र अनि मलाई मनमा शंका जन्मिन थाल्यो । तर घरपक्षले लगातार सुजाता घर छोडेर अर्कै केटासंग भागेको मात्र भनिराखे ।

दश वर्ष पहिला सुजाताको विहे पतिराम ठाकुरको जेठो छोरा मुकेश संग भएको थियो । यस अगाडी करिव १४-१५ महिना पहिले सुजातालाई ससुरा, सासु, श्रीमान र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजाताको आँखामा चोट लागेको थियो । जसको उपचार पछि जलेश्वर अस्पतालमा गराएर प्रहरीमा समेतमा निवेदन दिएको थियो । पछि श्रीमान र देवरले अब आइन्दा मारपिट नगर्ने शर्त सहितको लिखित शर्त गरेर प्रहरीले छोडेको थियो ।

त्यहि बीच सुजाताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखिया संग सामाजिक संजाल मार्फत भएको थियो । बिचबिचमा विजय संग सुजाताको कुराकानी फोन मार्फत भई रहन्थ्यो । चार-पाँच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए । सुजाता आफ्नो माइती आउँदा विजयसंग एकपल्ट भेटघाट पनि भएको थियो ।

घटनाको एक दिन अगाडी मात्र सुजाता आफ्नो आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवाद वारे चर्चा गरिनन् ।

वारम्बार घरपक्षले विजयसंग भागेको आरोप लगाए पछि सुजाताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरीको सोधपुछ पछि विजयलाई सात दिन सम्म गाउँ नछोड्ने शर्तमा रिहा गरि दिए । त्यसपछि माइती पक्षकोे शंका झन् गहिरो हुन् थाले ।

घटना भएकै दिन सुजाताको ९ वर्षीय छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुफु अन्जु ठाकुर कहाँ पठाई दिएका थिए र अर्को दिन फेरि फर्काएर ल्याएका थिए । घटनाको केहि दिनपछि सुजाताको छोरा रौनक रतौली आए ।

सुजाताको आमा र छोरा रौनकले आपसमा कुरा गरेको एक विडियो भाई जितेन्द्रले सार्वजनिक गर्यो जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन् ।

यो विडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो ।

त्यहि बिचमा कसैले फोनबाट सुजाताको बुवालाई जानकारी गरायो कि घरपक्षले आफ्नो खेतमा ७-८ फिट गहिरो खाल्डो खनेको थियो जो अहिले माटोले पुरेर माथिबाट घाँसले छोपेको छ ,सुजाताको शव त्यंही गाडिएको हुनुपर्छ ।

यता सुजाताको भाई जितेन्द्रले लगातार सामाजिक संजालमा सबै कुरा पोस्ट गरि राखे । जसबाट ससुराली पक्ष पनि त्रसीत भई सकेका थिए ।

त्यसपछि सुजाताको ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई वारम्बार दवाब दिन थाले । जाने गई सक्यो अब नाति-नातिनीको जीवन बनाउनुस भनेर कामेश्वरलाई मनाउन पतिरामले पटकपटक प्रयास गरे ।

त्यहि बिचमा जितेन्द्र र रुपेश बीच फोनमा कुराकानी भयो जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ । त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गरेको र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बवाल हुन्छ भन्दै गरेको सुन्न पाइन्छ ।

दिदिको हत्या नै भएको प्रमाणहरु अगाडी आउन थाले पछि जितेन्द्रले साउदीबाट नै बुवालाई पतिरामको कुनै दवाबमा नआई प्रहरीमा मुद्दा दर्ता गर्न वारम्वार भनेपछि असार ७ गते माइतपक्षले जिल्ला प्रहरी कार्यालयमा जाहिरी दर्ता गराउन गए तर एसपीले दर्ता गर्न मानेनन्, हार मानेर महिला सेलमा निवेदन दिएर फर्के । जबकि एसपीलाई सबै प्रमाण वारे जानकारी गराउँदा पनि चासोको साथ अनुसन्धान नभएको आरोप पिडित पक्षको रहेको छ ।

यसै बीच सुजिता ठाकुरको हत्या भएको भनिएको विषयमा मधेशी आयोगले समेत चासो लियो ।

आयोग अध्यक्ष डा. विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाउन निर्देशन दिए ।

अध्यक्ष दत्तले घटनाको विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलीफोन सम्पर्क गरि घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिए ।

आयोगले पनि आफ्नो तर्फबाट कारवाहीको प्रक्रिया अगाडी बढाइएको जानकारी अध्यक्ष दत्तले दिए । घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।

आयोगले यस्ता घटनाका सम्बन्धमा नजिकको प्रहरी चौकी वा आयोगको हेल्पलाइन ११५२ वा टोल फ्री १६६००११६१८५ मा सम्पर्क गरि उजुरी टिपाउन आयोगले निरन्तर आग्रह गर्दै आएको छ ।

अनि बल्ल प्रहरीले शव गाडिएको ठाउँको उत्खनन गरे

यसरी विभिन्न ठाउँबाट प्रहरीलाई दबाब र घटना बारे प्रमाणहरु बाहिर आउन थाले पछि प्रहरीले आज आईतवार बल्ल शव गाडिएको ठाउँको उत्खनन गरेर शव फेला पारेको छ ।

सुजितादेवी ठाकुरको शव माइती पक्षको सहयोगमा प्रहरीले फेला पारेको हो । केही गाउँकै मानिसले खेतमा खाल्डो खनिएको देखेपछि शव गाडिएको हुन सक्ने आशंका गरेको उनले बताए । उनले आफ्नो छोरीको शव गाडेर माथिबाट धानको बिउ राखेको बताए ।

माइती पक्षकै जिद्दीपछि प्रहरीले शव गाडिएको शंकास्पद ठाउँमा खनेर हेर्दा फेला परेको हो र

खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ। तर थप जाँचका लागि शव अन्यत्र पठाउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले वताए ।

प्रतिक्रिया