महोत्तरीमा आज चट्याङ्ग लागेर दुईजनाको ज्यान गयो

महोत्तरी ः महोत्तरीमा चट्याङ्ग लागेर दुईजनाको ज्यान गएको छ ।

ज्यान जानेमा मनरासिसवा नगरपालिका वडा नं ४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नं ५ कटैयाका ८० वर्षीय विशेश्वर राय रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार प्रमिला देवी घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैँसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया