सुजिता ठाकुरका छोराको बयानः काठ काट्ने मेसिनमा मम्मीको घाँटी काटे [भिडियाे सहित]

महोत्तरी : जेठ  २० गतेदेखि महोत्तरीको सुजिता ठाकुर बेपत्ता थिइन्। गत आइतबार मात्रै महोत्तरीको भ्रमरपुरामा एक महिलाको शव भेटियो। त्यो शव सुजिताकै हो भनेर स्थानीयले भनिरहेका छन्। प्रहरीले भने औपचारिक रुपमा त्यो शव सुजिताकै हो भनेर प्रमाणित गरेको छैन।

शव भने खेतमा गाडिएको अवस्थामा भेटिएको थियो।

घटना यसरी बाहिरियो
महोत्तरी भ्रमरपुराकी सुजिता ठाकुर जेठ  २० गतेदेखि बेपत्ता थिइन्। श्रीमान परिवारले सुजिता अर्कैसँग भागेको दाबी गर्र्दै आएका थिए तर, माइती पक्षले सुजिताको हत्या परिवारले गरेर लास गायब पारेको आरोप लगाउँदै आएका थिए।

सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजीका लागि उजुरी दिन जाँदा प्रहरीले पनि दर्ता गर्न मानेका थिएन।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सुजिताका बुवाले महिला सेलमा निवेदन दिए। निवेदन दर्ता भए पनि प्रहरीले खासै चासो देखाएन। र अनुसन्धान प्रक्रियासमेत अघि बढाएन।

कतैबाट पनि सहयोग नभएपछि वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सन्जालमार्फत घटनाका बारेमा लेखे। उनले आफ्नी दिदीलाई उनकै घर(श्रीमानका परिवार)ले हत्या गरेर खेतमा गाडेको भनेर लेखे। उनको त्यो भनाइलाई लिएर सामाजिक अभियन्ता सरोज रायले त्यसबारेमा चासो लिए। त्यसपछि अरु धेरै अधिकारकर्मीहरूले घटनाको छानबिन गर्न प्रहरीलाई दबाब दिन थाले।

सुजिताका छोराको भिडियो
रुपान्तरणले प्राप्त गरेको एउटा भिडियोमा सुजिताका पाँच वर्षीय छोराले घटनाको थप खुलासा गरेका छन्। ४ मिनेट ४८ सेकेन्डको त्यो भिडियोमा उनले आफ्नी आमा (सुजिता)को हत्या हजुरबुवा, बुवा र काकाले गरेको भनेका छन्।

त्यसबारे उनले सुजिताकी आमा(माइतीतिरकी हजुरआमा)सँग कुराकानी गरेका छन्।

मैथिली भाषामा सुजिताकी आमाले आफ्ना नातीसँग गरेको कुराकानीलाई सम्पादन गरेको छ–

सुजिताकी आमा: बावु कसरी गरियो तिम्रो आमाको हत्या?

सुजिताका छोराः छेपारो भगाउने चिर्पट लिएर काकाले आमालाई पिट्नुभयो। र आमाको आँखामा चोट लागेको थियो, आमा रुदैँ हुनुहुन्थ्यो, आमाको आँखा फुलेर (सुन्निएर) ठूलो भएको थियो। पछि हजुरबुवाले आमालाई टेपले बाँधेर, चक्कुले हाने। त्यसपछि आमालाई काठको गोलिया बनाउने मसिनमा आमाको घाँटी काँटियो…

आमाः तिमीले मसिनमा काट्दै गरेको देख्यौ?

छोरा: देखेँ, मम्मी सुरुमा रुदैँ हुनुहुन्थयो पछि, बोल्नसक्नु भएन।

आमाः अँह तिमी झुटो बोल्दैछौ?

छोरा: (चिच्याउँदै) नाइँ म झुटो बोलिरा’को छैन…

आमाः अनि मम्मीलाई काटेपछि के गरे तिम्रो अंकल र हजुरबुवाले?

छोरा: मेरो अंकल र हजुरबुवाले टेपले मम्मीलाई बाँधेर…

आमाः अरु को–को थियो?

छोरा: सबैजना थियो….

आमाः सबै जना को–को?

छोरा: घरको सबै जना…

आमाः बावु त्यसपछि के भयो?

छाेरा: मम्मीलाई फ्रिजमा राखे, अनि हजुरबुवाले मलाई जा भन्नुभयो…

आमाः फ्रिजमा राखे?

छोरा: हो…

महोत्तरीबाट १७ दिनदेखि एक महिला बेपत्ता, हत्या भएको हुन सक्ने माइती पक्षको आरोप

महोत्तरीमा बेपत्ता महिलाको शव खेतमा भेटियो ।।

सुजिता हत्या प्रकरण : श्रीमान् र देवर प्रहरीको नियन्त्रणमा ।।

महोत्तरीको भमरपुरामा यसरी गरिएको थियो सुजिताको हत्या (हेर्नुहोस् विस्तृत विवरण भिडियो सहित)

प्रतिक्रिया