ठाकुरको शव गाडेकाे समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौँ / महोत्तरीको सुजिता ठाकुरको हत्या गरी आफ्नै खेतमा गाडिएको र सडेको अवस्थामा शव भेटिएको समाचारप्रति राष्ट्रिय महिला आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मृतककी माइती पक्षले घर परिवारका श्रीमान् मुकेश ठाकुर, देवर रूपेश ठाकुर र ससुरा पतिराम ठाकुरसहितलाई हत्या गरी लुकाएको भनेर राष्ट्रिय महिला आयोगमा निवेदन दिएको थियो ।

ठाकुरको शव गाडेकाे समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण

आयोगले घटनास्थलको अनुगमन गरेको जनाएको छ । अनुगमनको क्रममा आयोगले महिलाविरुद्धको यो जघन्य हिंसा भनि गम्भीरतापुर्वक लिएको विज्ञप्तिमार्फत् जनाएको छ ।

घटनाबारे तदारुकता साथ छानविन गरी सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र दोषीलाई कानुनबमोजिम कारबाही गर्नको लागि महिला आयोग सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइन्छ विज्ञप्तिमा उल्लेख छ । -गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित समाचार