Monday 9th of December 2024

विभिन्न कार्यक्रम गरि वृक्षारोपन दिवस मनाइयो

0 Shares

रञ्जन भण्डारी

महोत्तरी / महोत्तरीमा रतौली युवा क्लवले विभिन्न कार्यक्रम गरि वृक्षारोपन दिवस मनाएको छ । लगाउदै गरेको वृक्ष र वालवालिका एक अर्काको परिपुरक भएको भन्दै क्लवले वालवालिकासंगै वृक्षारोपन गर्दै दुर्घटनामा घाईते वालकलाई आर्थिक सहयोग,विभिन्न प्रतियोगितामा विजयी बालबालिकालाई पुरस्कार वितरण गरि दिवस मनाएको हो ।

असार १४ मा मनाउदै आइएको राष्ट्रिय वृक्षारोपन दिवसको दिन क्लवले सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सम्मुनत कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय आधारभुत विद्यालय धवौली तथा नगरपालिकाका विभिन्न १२ वटा विद्यालयमा वृक्षारोपन गरि मनाएको हो । विभिन्न सरोकारवालाहरुका साथै बालबालिकाहरुले संयुक्त रुपमा वृक्षारोपन गर्दै दुइसय भन्दा वढी विभिन्न प्रजातीका वोटविरुवाहरु रोपेका छन ।

यता सोहि वडा निवासी मनोज दासका ९ वर्षिय छोरा करण कुमार दास केहि समय पुर्व माटोको ढिस्कोले थिचेर घाइते भएकोमा उनको उपचारमा सहयोग पुर्याउन जलेश्वर नगरपालिका का उपप्रमुख मुनचुन देवीको हातबाट पचास हजार आर्थिक सहयोग गरेको छ ।

यता अनलाईन मार्फत महामारीमा रोकिदैन महिनावारी,छोरा छोरी विचको विभेद तथा बालविवाह र यसका वेफाईदा विषयमा भएको निवन्ध प्रतियोगितामा सहभागी भई विजयी भएका विभिन्न छात्र छात्राहरुलाई रतौली युवा क्लवले पुरस्कार समेत वितरण गरेको छ । क्लवको कार्यक्रम चलिरहेको जलेश्वर नगरपालिकाको विभिन्न १२ वटा विद्यालयको ३६ वाल क्लवका वालवालिकाहरुले प्रतियोगिताहरुमा भाग लिएका थिए ।

यता बर्दिवास नगरपालिकाले बर्दिवास नगरपालिका ६ स्थित रातो नदीको तटबन्धमा पचास हजार बोट रोप्ने अभियानका साथ सोमवार वृक्षारोपन गरेको छ । बर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीको विशेष अभियान स्वरुप डिभिजन बन कार्यालय महोत्तरीबाट प्राप्त बोटहरुका साथ सयौको संख्यामा सहभागि भएका स्थानियहरुले वृक्षारोपनमा सहभागिता जनाएका छन । मेयर कार्कीले आफ्नो लक्ष्य तटबन्धको दुई तिर बोटै वोट र विचमा हरियाली सहितको सडक बनाउने महत्वाकांक्षा रहेकोमा विस्तारै यहा लाखौ वोटहरुको लहरा नै लगाउने बताए ।

वर्षेनी आउने बाढीले तटबन्धलाई क्षतिग्रस्त गर्नाले तटबन्धको क्षति रोक्न समेत वृक्षहरुले सघाउने उनले बताए ।

प्रतिक्रिया