Saturday 20th of July 2024

प्रदेश २ ः आफ्नै गर्भवती श्रीमतीकोे हत्या गरेको आरोप श्रीमान पक्राउ

0 Shares

जनकपुरधाम ः प्रदेश २ को धनुषा जिल्ला स्थित लक्ष्मीनियामा श्रीमानले आफ्नै गर्भवती श्रीमतीको हत्या गरेको छन् ।

लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २९ वर्षीय सन्तोष पासवानले सोमबार राति कुटपिट गरि आफ्नै श्रीमति २३ वर्षीया प्रियंका पासवानको हत्या गरेका हुन् ।

मृतक प्रियंकाको ५ वर्षीय छोरा आर्यन पासवानले वुवाले आमालाई लातले पेटमा हिर्काएको बताइरहेका छन् ।

माइत पक्षका अनुसार सन्तोषले यसअघि पनि पटक पटक प्रियंकालाई कुटपिट गर्ने गरेका थिए । प्रियंकाकी बुबा महोत्तरीको वलवा नगरपालिका ५ पुर्वारी टोलका बिनोद पासवानले छोरी ५ महिनाकी गर्भवती रहेको अवस्थामा ज्वाइँले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको आरोप लागएका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले घटना स्थलको प्रकृति मुचुल्का उठाई लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको बताए । उनले राती नै आरोपी मृतक प्रियंकाको श्रीमान सन्तोष पासवानलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया