Thursday 30th of May 2024

रौतहटबाट करिब ३ लाख बराबरको मदिरा बरामद

0 Shares

 रौतहट : रौतहटबाट करिब ३ लाख बराबरको अवैध लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ ।

जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा बागमती पारी प्रहरी बल र बोर्डर आउट पोष्ट लक्ष्मिपुर बेलविछवाबाट खटिएको पैदल टोलीले आज बिहान करिब १०ः१५ बजेतिर १ सय १६ कार्टुन सोफी मदिरा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले जनाएका हुन् ।

अवैधरुपमा नेपालबाट भारततर्फ टाएरडाडामा राखी लैजादैँ गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेपछि, लागूऔषध छाडी तस्करहरु फरार भएका थिए । तस्कर भागेपछि, उक्त लागूऔषधसहित टाएरडाडालाई पनि नियन्त्रणमा लिएको ओलीले बताए।

बरामद गरिएको सोफी मदिराको मूल्य करिब २ लाख ९५ हजार ७ सय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद भएको उक्त सोफी मदिरासहित टाएरडाडालाई आवश्य कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइर्एको छ ।

प्रतिक्रिया