भंगहाका मेयरले गरे कोरोनाबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

गौशाला ः महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिब साहले कोरोना बाट जान गुमाएका परिवारलाई क्रियाकर्मको लागी आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन ।

भंगहा नगरपालिकाका वडा नं ३ पिपरा बस्ने अन्दाजी ३८ बर्षिय पुरुषको ११ दिन पहिले कोरोना बाट मृत्यु भएको थियो । मृतको आर्थिक स्थिति अती नै कम्जोर भएकोले मृतको २ ओटा छोराहरुलाई कक्षा १० सम्म पढ्नको लागी आवश्यक सहयोग गर्ने प्रतिवध्ता मेयर साहले पीडित परिवार संग गरेका छन् ।

आज क्रिया कर्मको लागि नगद रु १००००, आलु १० केजी र दाल ५ केजि सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार