महोत्तरीबाट लागु औषधसहित एक जना पक्राउ

महोत्तरी : महोत्तरीमा लागु औषधसहित बुधवार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका ८ पडरिया बस्ने बर्ष २३ का बेलाल राईन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

राईन भंगाहा नगरपालिका वडा न. ८ पडरिमा घुमफिर गरीरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लोहारपट्टीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध नाईट्रोभेट टयाब्लेट ५ र पतामा ७५ वटा बरामद गरेको हो ।

बरामद लागुऔषध सहित उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार