
औरही : महोत्तरीको औरही नगरपालिका प्रसुति सेवा केन्द्र (बर्थिंग सेन्टर) संचालन भएकाे छ ।
औरही नगरपालिका वडा नम्बर १ स्थित स्वास्थ चौकी औरहीमा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको हो । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा शिशु जन्माउन प्रसुति सेवा केन्द्र (बर्थिंग) सेन्टर औरही नगरपालिकाद्वारा संचालनमा ल्याइएको हो ।
प्रसुति सेवा केन्द्रको बुधबार एक समारोह बीच औरही नगरपालिकाका मेयर सुनिल कुमार यादवले उदघाटन गरेका छन् । उदघाटन गर्दै मेयर यादवले अब सुरक्षित प्रसुतिका लगि बाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले आमाहरु घरमा जोखिमपूर्ण रुपमा नभइ सुरक्षित रुपमा शिशुलाई जन्मदिन प्रसुति सेवा केन्द्रमा आउन तथा समयमा चेकजाँच समेत गराउन आग्रह गरे ।
उक्त कार्यक्रममा स्वास्थ चौकी औरहीमा कार्यरत एक स्वास्थकर्मी मिना पैडेलले अवकाश पाएकालाई बिदाई तथा सम्मान गरि बिदाइ गरिएको थियाे।
कार्यक्रमा औरही नगरपालिका निम्ति प्रमुख प्रशासकीय अधिकृत नवीन न्यौपाने, वडा नं. १ का वडाध्यक्ष राजकिशोर चौधरी, स्वास्थ्य संयोजक बालबोध राय याद, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य नारेन्द्र यादव लगायत स्वास्थ सस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।