बारामा करेन्ट लागेर एक जनाको मृत्यु

गौशाला ः बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका – १४ बस्ने ४५ वर्षीय मदनलाल जैसवाल रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान आफ्नै घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

मृतक जैसवालको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार