0
Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकाको मरहा नदीमा स्थापित भएको क्रसरहरुले दिनदहाडै नदीमा अवैध तवरले उत्खन्न कार्यमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको स्काईभेटरलाई जरिवाना तिराएर छाडिएको छ ।
जिल्ला समन्वय समिती महोत्तरीको कार्यालयमा स्काईभेटर धनी वेचन कुमार यादवले नगद ६० हजार रकम जरिवाना तिरेपछि सो अनटेस्ट स्काईभेटर प्रहरीले छाडिएको हो । यहि असार १६ गते अनटेस्ट स्काईभेटर प्रहरी अवैध रुपमा नदी उत्खन्न गरिरहेको खवर रेडियो रुपान्तरणले प्रसारण गरेपछि प्रहरीले सो स्काईभेटर नियन्त्रणमा लिएको थियो ।
यसभन्दा अगाडि पनि ईलाका प्रहरी कार्यालय गौशालाले ४ वटा जेसिवी/स्काईभेटर नदीबाट नियन्त्रणमा लिई जरिवाना लिएर छाडिएको थियो ।