Tuesday 11th of February 2025

लागूऔषध ब्राउनसुगर सहित एक युवक पक्राउ

0 Shares

सिरहा : ब्राउनसुगर सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार बिहान एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा गोलबजार नगरपालिका ४ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साह रहेका छन् ।

आशिषले आफ्नै घरको पछाडी बारीमा लागूऔषध सेवन गर्दै गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया