0
Shares
मलंगवा : सर्लाहीको औरही र खुटौनामा रहेका प्रहरी चौकी डुबानमा परेका छन् ।
निरन्तर भइरहेको वर्षाको पानीको निकास नहुँदा चक्रघट्टा गाउँपालिकामा रहेको प्रहरी चौकी औरही र मलंगवा नगरपालिकामा पर्ने प्रहरी चौकी खुटौना डुबानमा परेका हुन् ।
सुक्रवार बिहानबाट जिल्लामा भारी वर्षा हुने क्रम बढेपछि डुबानको समस्या सुरु भएको छ ।