गौशाला ः कोरोना महामारीको दोश्रो लहरसंग देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका प्रहरीको हौसल्ला बढाउन र संक्रमणलाई रोकथाम तथा उच्च जोखिमबाट बच्न र बचाउनकालागी ईलाका प्रहरी कार्यालय गौशालालाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराईएको हो ।
कोभिड–१९ को माहामारीको दोश्रो लहरले समुदायलाई सृजना गरेको असहज परिस्थिति र यस समुदायलाई पर्न गएको प्रत्यक्ष प्रभाव सुरक्षा र न्यायको लागी अगाडी भई कामगर्ने प्रहरीको सुरक्षाको लागी गौशाला नगरपालिका स्थित रहेको ईलाका प्रहरी कार्यालयलाई सेवा अझ सुरक्षित बनाउनकालागी सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।
समग्र जन उत्थान केन्द्र लाहान (सिरहा) द्वारा बेलायत सरकारको आर्थिक सहयोग र भिएसओ नेपालसंगको साझेदारीमा समग्र जन उत्थान केन्द्रका कार्यकारणि निर्देशक देवराज पोखरेलको नेतृत्वमा हैन्डवास पानीटंकी १ थान, सर्जिकलमाक्स ०० थान, स्यानिटाईजर २५ थान, ह्याण्डवास ८ थान, पि.पि.ई. ५ थान, हार्पिक ५ थान, एयरपोकेट ५ थान, फिनाईल ८ थान, ट्वाईलेट ब्रस ५ थान, बाल्टिन २ थान, जग २ थान, सेनेटरीप्याड १० थान, बक्सा १ गरी रु. ४,८०२ रुपैया बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईको प्रहरी निरीक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिनुभयो । त्यसै गरी गौशाला नगरपालिका वडा नं. ११ दिपेन्द्र बजारमा रहेको अस्थायी कोभिड अस्पताललाई मेडिकल माक्स ८४ थान, स्यानिटाईजर १ थान, थर्मोमीटर १ सेट, पल्स अक्सिमीटर १ सेट, टिस्यु पेपर १ बट्टा, पन्जा १ बट्टा, नुहाउने साबुन १ थान, कपडा साबुन १ थान, टुथ ब्रस १ थान, पानी खाने बोतल १ थान, सेनटरी प्याड २ प्याकेट, गमछा १ थान, डिजनिटि किड ४४ थान, गरी रु. १२१,८५० रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कोभिड अस्पतालका ईन्चार्ज डा. रविन्द्र कुशवाहाले बताए ।
समग्र जन उत्थान केन्द्र लाहानमा माउवादीको चरमउत्कर्ष भएको बेला २०६८ सालमा युवाहरुको संगठनले स्थापना गरीएको थियो । समय सन्र्दभ अनुसार यस संस्थाले अप्यारोमा परेका पिडितहरुको लागी, वालविवाह, दाइजो प्रथा, नैतिकहिंसा, जातिविभेद, बालहिंसा, महिलाहिंसा जस्ता मुद्दाहरुमा अग्रसर भई न्यूनिकरण गर्ने कामगरिरहेको कार्यकारणि निर्देशक देवराज पोखरेलले बताए । भिडियो ः