महोत्तरीमा बाढीले रातु नदीको तटबन्ध भत्किन थाल्यो

महोत्तरी :  महोत्तरीको बलवा नगरपालिका– १ बंचौरी र तिलगढको बीचमा पर्ने रातो नदीको तटबन्ध भत्किन थालेको छ ।

तटबन्धको अधिकांश भाग पानीको बहाबले टुटिसकेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो ।

सो तटबन्ध समयमै मर्मत गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शुक्रबार प्राविधिकहरूसँग सल्लाह गरेका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तत्काल प्लास्टिकको बोरामा माटो हालेर कटान रोक्न प्रयास भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार