Monday 24th of June 2024

महोत्तरीमा एक व्यक्तिको शव फेला

0 Shares

जलेश्वर ः महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ९ प्रकौलीमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ ।

आज शनिबार विहान ८ बजेको समयमा जलेश्वर न.पा वडा नं. ९ प्रकौली नजिक बन्दै गरेको नालामा अन्दाजी वर्ष ४५ वर्षको नाम, थर खुल्न नसकेकोे पुरुषको शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जलेश्वरका प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभएको छ ।

शवको पोष्टमार्टमको लागी जलेश्वर अस्पताल पठाईसकेको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले बताए ।

प्रतिक्रिया