Saturday 12th of October 2024

गौशालामा शिक्षकसँग राजनितीकर्मीको संवाद सम्पन्न ।।

0 Shares

गौशाला / शिक्षा र स्वास्थ्यक्षेत्रको सम्पूर्ण अधिकार स्थानियतहलाई दिएर गल्ती गरिएको पूर्व साँसद वसन्त गुरुगले बताउनुभएको छ ।

शनिवार नेपाल शिक्षक महासंघ गौशाला नगर समितीले चौथौ चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत आयोजना गरिएको राजनितीककर्मीहरुसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसाँसद गुरुगले हतारमा संविधानमा सो कुरा उल्लेख गरिएकोले आज शिक्षाक्षेत्रमा यस्तो सिर्जना भएको जनाएको छ ।

सायद १० जना मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसंविधान निर्माणको क्रममा सर्वपक्षीय रुपमा वृहत रुपमा छलफल नगरिकन हतारमा संविधान जारी गरिएकै कारण शिक्षा र स्वास्थ्यक्षेत्रमा संकट आएको गुरुगको भनाई रहेको छ ।

सोही कार्यक्रमकाबीच अर्का पूर्वसाँसद सिताराम भण्डारीले शिक्षकहरुले यस प्रकारको आन्दोलनको कार्यक्रमको जानकारी अभिभावकहरुमा समेत जानकारी गराउनुपर्ने आवश्यकता उपर जोड दिनुभयो । अभिभावकसँगको समन्वयनमा शिक्षकहरुले आन्दोलन जारी गरेपछि माग पुरा हुने भएकोले यस्ता कार्यक्रमहरुमा अभिभावकलाई पनि सरिक गराई माग पूरा गराउनुपर्ने धारणा राख्नुभयो ।

सायद ७ people, including Sunita Mahato, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

अन्र्तक्रिया कार्यक्रमकाबीच जनता समाजवादी पार्टीका नेता लक्ष्मी महतोले जनप्रतिनिधीले समयमै चासो नदेखाएकै कारण यहाँका सामदायिक विद्यालयहरुको अवस्था दयनीय अवस्थामा पुगेको बताउनुभयो । शिक्षकहरुको समयका निम्ति तीनैतहका सरकारले चासो दिएर सम्बोधन गर्नुपर्ने आवश्यकता प्रष्टाउनुभयो ।

सोहीवीच नेपाली काँग्रेसका नेता मनु अधिकारीले स्थानियतहमा रहेको शिक्षकहरुको माग स्थानिय सरकारले क्रमिक रुपमा पुरा गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता विष्णु लामाले प्रश्नको चौतर्फी घेरामा परेका स्थानिय सरकारले शिक्षकहरुको जायज मागको सम्बन्धमा टेवुलमा वसि छलफलको माध्यमले समाधान खोज्नको लागि आग्रह गर्नुभएको छ । दरवन्दी मिलान भएपश्चात शिक्षकहरुको अधिकांश माग सम्बोधन हुने जनाउदै नेता लामाले नातामा अधारित शैक्षिक विकास मान्य नहुने तर्क राख्नुभयो ।

सायद ४ people, including Nakul Upreti, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छविद्यालयमा शिक्षक र विद्यार्थीलाई खोप लगाएपछि मात्र संचालन गर्नुपर्नेमा समाजवादी पार्टीका नगरअध्यक्ष कुमरकान्त झाले बताउनुभयो । शिफट अनुसारको भएपनि विद्यालयमा विद्यार्थीलाई सहभागीता जनाएर शैक्षिक क्रियाकलाप संचालन गर्नुपर्ने आवश्यकता उपर नेता झाले जोड दिनुभयो ।

सायद ७ people, including Sunita Mahato, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ सो कार्यक्रममा स्थानिय राजनितीककर्मी उपेन्द्र महतो, अजय सिंह कुशवाहा लगायतका वक्ताहरुले शिक्षकहरुको मागको सम्बन्धमा आ आफनो धारणा राख्नुभएको थियो । कार्यक्रमकाबीच नेपाल शिक्षक महासंघका प्रतिनिधी, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया