Monday 2nd of December 2024

प्रदेश २ मा फेरी एक गाउँपालिका अध्यक्षको मृत्यु

0 Shares

सर्लाही ः सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको छ ।
काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।

उपाध्यक्ष यादवका अनुसार लामो समयदेखि क्षयरोगबाट पीडित ७० वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। तर उपचारका क्रममा शनिबार राति १२ बजे उनको निधन भएको हो।

अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने उपाध्यक्ष यादवले बताइन् ।

बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

अध्यक्ष बर्माको स्थायी घर रामनगर गाउँपालिका वडा नम्बर १ मा पर्छ ।

प्रतिक्रिया