
लालबन्दी : लालबन्दी नगरपालिका-१७, रानिगन्जमा सुक्रवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सर्भिसिङ गराएर ट्याक्टरधनी आफैले घरतर्फ लिएर जाँदै गरेको लु २ त ८६२४ नम्वरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक लालबन्दी नगरपालिका-१६, परवानिपुरका ४० वर्षीय रामहरि कार्कीको मृत्यु भएको हो ।
सुक्रवार राती साँढे ९ बजेतिर कार्कीले चलाएको ट्याक्टर रानिगन्ज चौकबाट करिव दुई सय मिटर भित्र (उत्तर तर्फ) रानिगन्जबाट परवानितपुरतर्फ जाने सडकमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई ११ हजार भोल्टको बिजुलीको पोलमा गएर ठोक्किएको थियो ।
ट्याक्टरले ठक्कर दिएर बिजुलीको पोल भाँचिदा चालक कार्कीलाई करेन्ट समेत लागेको प्रत्यक्षदर्शीले बताएका छन् । तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर उहाँलाई रानिगन्जमा सामान्य उपचार गराई थप उपचारका लागि लालबन्दीतर्फ ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।
प्रनि थापाका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । दुर्घटनामा परेको ट्याक्टर ईलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएर राखिएको छ ।
ट्याक्टरले पोल भाँचेपछि केही समय अवरुद्ध भएको सडक प्रहरी, विद्युत्का कर्मचारी र स्थानीय भएर सूचारु गरेका थिए ।
प्रतिक्रिया