मुख्यमन्त्री राउतद्वारा दुई श्रष्टा पुरस्कृत

जनकपुरधाम ः मुख्यमन्त्री लालबाबु राउतले नेपाल संगीत तथा नाट्य राष्ट्रीय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्र दुई जना स्रष्टालाई सम्मान गर्नु भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आज जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा प्रमुख अतिथिको आसन बाट मुख्यमन्त्री राउतले बरिष्ठ अभिनेता सुनिल कुमार मिश्र र बरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गर्नु भएको हो ।

एक लाख नगद तथा प्रमाण पत्र रहेको प्रज्ञा पुरस्कारबाट देशभरि पुरस्कृत भएका ६ जना श्रष्ठा मध्ये मण्डल र मिश्र प्रदेश २का बासिन्दा हुन ।

उक्त अवसर मैथिली रंगमंच प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई समेत ११ हजार नगद सहित सम्मान गरिएको थियो ।

उक्त समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरु सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी समेत गराउनु भयो् ।

प्राज्ञपरिषद सदस्य धिरेन्द्र प्रेमर्शिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव नीति आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार