Saturday 5th of October 2024

सर्वोच्चको हरिझण्डी पाए पछि अध्यक्ष पदमा पुनः वहाली भए शेष फारुक ।।

0 Shares

महोत्तरी ः महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक सहित नेकपा माउवादी केन्द्रले निर्वाचन आयोगमा सम्सी गा.पा.को अध्यक्ष सहित १४ जना स्थायी जनप्रतिनिधिहरुलाई पार्टि त्यागेर एमाले पार्टिमा प्रवेश गरेको आरोप लगाउदै अषाढ ११ गतेदेखी नै पदमुक्त गर्न परिपत्र आएको थिए ।

वर्षैदेखी अध्यक्ष र उपाध्यक्षको विवादमा रहेको सम्सी गाउँपालिका दुई तीन महिना अगाडीदेखी विकासको गति पक्रेको सम्सी गाउँपालिका भन्ने अषाढ ११ गतेबाट पुःन विवादित भएको थियो । अध्यक्ष पदमुक्त भएको पत्रआउन साथ अध्यक्ष पदबाट मुक्त शेष फारुकले तत्कालको कार्यावाहेक अध्यक्ष पदमा कार्यपालिका सदस्य रहेकी सकिला खातुनलाई दिई पदमुक्त भएका थिए । त्यसै बिच उपाध्यक्ष नगिना देवी पदीय हिसाबले आफु अध्यक्ष पदको दाबेदार रहेको भन्दै केही भनाउँदा जनप्रतिनिधिहरुको दादागीरी र बाहुबलीयताको प्रयोग गरेर पदभार ग्रहण गरेकी फारुकको भनाई छ ।

फारुकले भने विगतमा उपाध्यक्ष महिनौ कार्यालयमा नआई कार्यकारिणिको मिलोमतोमा प्रति महिना १,५०,००० हजारको दर तलब उठाई लगेको ,विभिन्न समयमा कार्यालयको कामकाजमा र विकासको काममा बाधा बाहेक अरु केही गर्न नसको फारुकले बताए । जनताकोे रगत पसिना सुकाई कमाएको पैसाले तिरेको करको पैसा यसरी दुरुपयोग गर्न पाउदैन भनेर अख्तिीयारमा उजुरी समेत गरेका थिए । पार्टि भित्रै रहेका विजय साह, रजिहैदर, वडाका केही वडाध्यक्षहरुले व्यक्तिगत स्वार्थकोलागी बारम्बार कुनै नकुनै उछरिङगल बातावरण सिर्जना गरी विवादित बनाएको फारुकको आरोप छ । आफ्नै पार्टिभित्रका साथीहरुले आफुलाई बदनाम गराउने पटक पटक सरयन्त्र रची पार्टिबाट निकाल्ने प्रयास गरेको र पछि पनि गरीरहन्छ र आफु कुनै पनि पार्टिमा संमलग्न नभई माउवादी पार्र्टिमा नै सक्रिय रहनेछु, रहन्छु र छु भन्ने उनको भनाई छ ।

पदमुक्त भएका फारुकको शुक्रबार सर्वेाच्च अदालतको अन्तिरीम आदेशमा अध्यक्ष पदमा पुनरवहाली भएको पत्र आउन साथ सम्सी गा.पा.का जनता नै सर्वमानीय रहेको भन्दै विगतका दिनमा भएको विकासको अवलोक जनताले गरी यँहाका हिन्दुले मन्दिरमा लड्डु चढाई, मुस्लिमले महजितमा गई नवाजपढी आफुलाई पुनः पदमा बसाउन सर्वेाच्चका आदेश अनुसार सम्सी गा.पा. वासीले पाँचौ हजारको संख्यामा आई नारा जुलुस र तामझामका साथ आफुलाई पुनः पदभार ग्रहण गर्न दिएकोमा उहाँहरुको विश्वासलाई कहिले पनि नटुनदिने र जनताको दुःख, विपद र विकासको काममा आफु कहिले पछि नहटने फारुकले प्रतिवद्धता समेत गरेका थिए । आफुले कोरोनाकालमा यसरी नारा जुलुस र भीडभाड नगर्न भन्ने पनि जनताले मेरो कुरा नै नसुनि जबरजस्ती ज्यानको प्रवाह नगरी आफुलाई तामझामका साथ पदग्रहण गराएकोमा यँहाको जनताको ऋण आफुले कहिले पनि चुकाउन नसक्ने फारकले बताएका थिए । र पछि पनि जनताले यसरी नै साथ दिए सम्सी गा.पा.लाई नमुना गा.पा.को रुपमा देखाउने मेरो लक्ष्य रहेको छ ।

यता कार्यकारिणि मोहिबुल अन्सारी भन्नुहुन्छ अषाढ ११ गते निर्वाचन आयोगबाट पदमुक्तको सूचना आएपछि ९ दिनको अन्तरालमा अषाढको अन्तीम समयमा आएर भएको विकासको कामको भुक्तानी गर्न निकै नै समस्या भएको र ठेक्केदार तथा उपभोक्ता समितिहरु अन्यौलमा परेका थिए । कठिनाईका बाबजुद अहिले सम्सी गा.पा.ले विकासको काममा फसेका ठेक्केदार, उपभोक्ता समितिका लगभग ८०% फरछौट गरी सकेको र वाँकी रहेको २०% प्रतिशत विकासको कामको भुक्तानी चाडै नै गरिदिने अन्सारीले बताए ।

यस पदग्रहणमा यँहाका जनता, राजनैतिककर्मी, बुद्धिजिवी लगायत सरोज कुमार यादव, सकिला खातुन, फुलकुमारी, सुभाषचन्द्र लाल कर्ण, राजकुमार पण्डित, हामीद रेजा अन्सारी, शेष तमन्ने, शेष इमतियाज, नितिश कुमार यादव, दिलिप कुमार यादव सहित उत्साह जुलुशमा सहभागी भएका थिए ।

प्रतिक्रिया