रौतहटमा बाढी तथा डुबानबाट ४ जनाको मृत्यु, २८० परिवार विस्थापित

 रौतहट : केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ ।

जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका–८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी १६ गते बकैया नदीमा बगेर गौर नगरपालिका–४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोही दिन अविरल वर्षाले घर भत्किँदा बौधीमाई नगरपालिका–४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो ।

वर्षा र बाढीका कारण रौतहटमा २२ वटा घरमा क्षति भएको छ ।

जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीको बाढीले राजदेवी नगरपालिका–५ स्थित दुई स्थानमा पाँच–पाँच मिटर र गढीमाई नगरपालिका–६ मा बाँधको केही हिस्सा कटान गरेको छ ।

शनिबार बागमती नदी र लालबकैयामा आएको बाढीका कारण ईशनाथ, दुर्गा भगवती र राजदेवीमा २८० परिवार विस्थापित भएका छन् ।

आइतबार पानी कम भए पनि उनीहरुको घर हिल्लामे भएकाले कोही आफन्तको घरमा, कोही बागमती नदीको बाँधमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

वर्षा र बाढीले सडक सञ्जालमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केसरीले जनाए ।

केहि दिन देखि आएको बाढी तथा अविरल वर्षाको पानी कारण डुवानमा परेर रौतहटका ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले दिए जानकारी अनुसार रौतहटका २२ वटा घरमा बाढीले क्षति पुर्याएको छ ।

गरुडा नगरपालिका-८ मा आफ्नै घरको छेउमा खेल्ने क्रममा असार १३ गते खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । त्यसै गरि सोहि दिन माधवनारायण नगरपालिका-८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोहि क्रममा असार १६ गते बकैया नदीमा डुबेर गौर नगरपालिका-४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोहि दिन वर्षा कारण घर भत्किँदा बौधीमाई नगरपालिका-४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो ।

वर्षा र बाढी कारण २२ वटा घर क्षतिग्रस्त :

केहि दिन यता देखि भएको अविरल वर्षा र बाढी कारण रौतहटमा २२ वटा घर क्षतिग्रस्त भएका छन् ।

जिल्लाको पूर्वी भागमा रहेको बागमती नदीको बाढीले राजदेवी नगरपालिका-५ स्थित दुई स्थानमा पाँच पाचँ मिटर र गढीमाई नगरपालिका ६ मा बाँधको केहि हिस्सा कटान गरेको छ ।

बागमती नदी र लालबकैयामा शनिबार आएको बाढी कारण ईशनाथ, दुर्गा भगवती र राजदेवी गरि २८० परिवार विस्थापित भएका छन् ।

आइतबार पानीको सतह कम भए पनि उनीहरुको घरमा हिल्लो भएकाले कोही आफन्तको घरमा, कोही बागमती नदीको बाँधमा बसोबास गरिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया