
महोत्तरी :
घटना भएको एक महिनापछि सुजिता हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता भएको छ । मृतक सुजिताकी माईतीपक्षले जिल्ला प्रहरी कार्यालयमा सोमबार कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता गराएका हुन ।
गत जेष्ठ २० गते महोत्तरीको लोहरपट्टी नगरपालिका वडा न. ७ भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरलाई सुसरालीपक्षबाटै हत्या गरिएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालयमा सो जाहेरी दर्ता भएको हो ।
घटना भएको बेला सुजिताको ससुराली पक्षले अर्कै जनासंग भागेको हल्ला फिजाएपछि घटनाको दुई दिन पछि सुजिताको माइती पक्षले ईलाका प्रहरी पर्सामा खोजविनको निवेदन दिएका थिए । पछि सुजिताको पांच वर्षीय छोराले आमालाई काका र हजुरबुवाले मारेको पोल खोलदिएपछि भागेको घटना हत्या तिर मुडेका थिए । तत्पश्चात माईतीपक्षले खोजविन गर्ने क्रममा सुजिताको शव उनकै खेतमा गाडिएको अवस्थामा प्रहरीको सहयोगमा फेला पारेको थियो ।
यसअघि असार ४ गते पिडित परिवारले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षकले दर्ता गर्न नमानेको समाजिक अभियन्ता गुन्जा रायले बताईन । पछि असार ६ गते प्रहरीले सुजिताको खोजविनको निवेदन मात्र लिएका थिए । प्रहरीको चासो नदेखेपछि घटना सेलाउन थालेको समयमा साउदीबाट सुजिताको दाई जितेन्द्र पाण्डेले सामाजिक अभियन्ता सरोज रायलाई सहयोगको लागि आग्रह गरेका थिए ।
अभियन्ता रायको सक्रिता बढेपछि दुई दिन पछि नै आरोपितको खेतबाट गाडेको अवस्थामा सुजिताको शवको अवशेष भेटिएको थियो । खाल्डोबाट भेटिएको कपाल र कुहिएर माटो भएको अवशेष सुजिताको हो कि होइन वारे एसपी दिनेश आचार्यले डिएनए रिपोर्ट आएपछि मात्र पुष्टि हुनसक्ने बताउंदै आएको छ ।
अनुसन्धानमा प्रहरीको कमीकमजोरी देखे पछि अभियन्ता रायले प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादव र प्रदेश डिआइजि उमेश रंजितकार संग भेटघाट गरि निष्पक्ष छानविनको लागि मांग गरेका थिए । अभियन्ता रायले बनाएको चौतर्फी दवावको कारण पिडित परिवारले दिएको जाहेरी दरखास्त असार २० गते महोत्तरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । जाहेरी दर्ता गराउन सुजिताको आमाबुवा, भाई, अभियन्ता सरोज राय, गुन्जा राय, सविता यादव, पत्रकार रंजन भण्डारी लगायतको टोली जिप्रका पुगेका थिए ।
घटना भएको बेला देखि सुजिताको ८ वर्षीय छोरी र पांच वर्षीय छोरालाई सुजिताको ससुरा पतिराम ठाकुरले जनकपुर बस्दै आएका आफ्नो ज्वाईं र छोरी काँहा पठाएका थिए । छोरी ज्वाईंले दुवै बालकलाई भ्रमरपुरा स्थित एउटा विद्यालयको होस्टेलमा राखेका थिए ।
हत्यालाई ढाकछोप गर्न सुजिताका ससुरालीपक्षले यसरी नाबालक माथि मानसिक दवाब दिनु बालबालिका सुरक्षा ऐनकानुन विपरित रहेको र संग्लन व्यक्ति सजायको भागिदार रहेको अभियन्ता रायको ठम्याई रहेको छ ।
सुजिताको छोराछोरीको कस्टडि पाए पिडित परिवार
घटना भएको बेला देखि सुजिताको ८ वर्षीय छोरी र पांच वर्षीय छोरालाई सुजिताको ससुरा पतिराम ठाकुरले जनकपुर बस्दै आएका आफ्नो ज्वाईं र छोरी काँहा पठाएका थिए । छोरी ज्वाईंले दुवै बालकलाई भमर्पुरा स्थित एउटा विधालयको होस्टेलमा राखेका थिए । यो खबर पाएपछि पिडित परिवार र अभियन्ता राय दुई दिन बालकहरु संग भेट्न पुगेका थिए तर दुवै बालक नानानानी संग जाने कुरा त् पर जाओस् कुरा गर्न समेत मानेन्न । नराम्रो संग यी दुवै बालकको ब्रेन वाश गरिएको अभियन्ता रायले बताए । जनकपुरबाट फुफुले सहजै यि दुवै बालक लाई नानानानीको जिम्मा दिन नमाने पछि आइतवार दुवै बालकलाई जलेश्वर जिप्रका बोलाइयो । प्रहरीको भनाई थियो बालकहरु नानानानी संग जान तयार छ भन्ने लानुस तर दुवै बालक मामा घर जान तयार भएन । निकै दवाब पछि प्रहरीले दुवै बालकलाई माइते पक्षलाई जिम्मा दियो । गाडीमा बसेको जम्मा पन्द्रह मिनेट पश्चात नै दुवै बालक घुल्न मिलन थाल्यो । जनकपुर आउन साथ् २१ गते रहेको अंचलको जन्मदिनको लागि सजावटको समान र उपहार किन्न दिएपछि प्रहरी कार्यालयमा दिनभरी रुने कराउने आंचल र उनका भाई अब देखि मामा घर मै बस्न राजीखुसी भएका छन् ।

दुवै बालकलाई आफ्नै नानानानी र मामा प्रति घृणा गर्न र आमाको हत्या वारे भ्रम सृजना गर्न नराम्रो संग ब्रेन वाश गरिएको अभियन्ता रायले बताए । हत्यालाई ढाकछोप गर्न यसरी नाबालक माथि मानसिक दवाब दिनु बालबालिका सुरक्षा एनकानुन विपरित रहेको र संग्लन व्यक्ति सजायको भागिदार रहेको अभियन्ता रायको ठमियाई रहेको छ ।
सुजिताको आमाबुवा नातिनातिनी घर वापस आएको देखेर धेरै नै खुसि छन् । ‘एउटा छोरी गुमाए, अब देखि नातिनी नै मेरो छोरी हो, यसको देखरेखमा कुनै कमि राख्दिन’ सुजितको बुवाले बताए ।
प्रतिक्रिया