Thursday 10th of October 2024

रामगोपालपुर नगरपालीकाको प्रशासनिक भवन शिलान्यास

0 Shares

महोत्तरी :  रामगोपालपुर नगरपालीकाको प्रशासनिक भवनको विधिवत रुपमा सोमवार शिलान्यास भएको छ । आर्थिक वर्ष २०७८/ ०७९ बजेट अनुसार नगरपालिकाको डिपिआर सहित भवन निमार्ण हुने भएको छ ।नगरपालीकाको वडा नं. ४ स्थित १४ कट्ठा जग्गामा भवनको शिलान्यास गरिएको हाे । नगर प्रमुुख अशोक मण्डल,उपप्रमुुख सिता साह र वडा अध्यक्ष कारी कमख्या महतो, जितेन्द्र चौधरीले संयुक्त रुपमा शिलान्यास गरे ।

कार्यक्रममा बोल्दै मेयर अशोक मण्डलले एक वर्ष भित्रै यो भवन निर्माण हुुने बताए । उनले नगरपालिका भित्रको सबै भन्दाँ राम्रो र सुन्दर भवन बन्ने योजना अनुसार निर्माण गरिने बताए । रामगोपालपुुर नगरपालिमा वर्षेनी अरुलाई मासिक घर भाडा तिर्नुपरेकाले नगरको अरु विकासमा रहेको बजेट यसमै खर्च भएको हुुनाले अवको दिनमा त्यो झन्झट बाट छुुट्कारा हुुने बताए ।नगर भित्रका सबै जनताको मागलाई सम्बोधन गर्दै यसको डिजाईन गरिएको हो । नगरको पर्यटकिय हिसाबमा भवनकोे डिपिआर डिजाईन गरिएको हो । भवनमा नगरपालिकाको सबै शाखाहरु एकै साथ संचालन गर्न सहज हुने गरि कोठाहरु छुट्टयाएको मेयर मण्डलले बताए ।नगरपालिकाको नयाँ भवनले गाउँ एरियालाई नयाँ सहरको रुपमा स्थापित गरी बजार बिस्तार हुने धारणा उप प्रमुख सिता साहले राखेकी छन् । उनले भनिन् , ‘हामी जिते पछि हाम्रो ठुलो योजनाको रुपमा रहेको नगरपालिकाको भवन आज शिलान्यास भएको देख्दा जनताहरु समेत खुसि भएका छन । अव यो भवन हामी आफनै कार्यकालमा सम्पन्न गर्ने छौं ।’शिलान्यास कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्ण,नगरका सम्पूर्ण वडाका वडाअध्यक्षहरु ,वडा सचिव,स्वास्थ्यकर्मी,शिक्षक,वितिय सँस्थाका प्रवन्धक र सम्पूर्ण कार्यपालिका सदस्य, जन समुदाय तथा सम्पूर्ण नगरवासीको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया