Sunday 16th of June 2024

धनुषाको बिभिन्न ठाँउमा देखापरेको हात्तीलाई जंगल तर्फ धपाइयो

0 Shares

धनुषा ः धनुषाको बिभिन्न ठाँउमा देखापरेको दुई जंगली हात्ती मध्ये एउटालाई जंगल तिर धपाइएको छ । बटेश्वर वडा नं. १ चित्रपुरमामा देखापरेको एक जंगली हात्ती मिथिला नगरपालिका ८ हुँदै ढल्केवरमा पसेपछि त्यहाँबाट जंगल तर्फ धपाइएको छ ।

प्रहरी, वन रक्षक र स्थानीयबासी मिलेर मिथिला नगरपालिका ५ मा पर्ने औरही बाबा सामुदायिक वन हुँदै राष्ट्रिय वनतर्फ सो हात्तीलाई धपाइएको हो ।

ढल्केवर प्रवेश गरेका जङ्गली हात्तीले मानवीय तथा भौतिक क्षति नपु¥याएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।
ढल्केवरको पश्चिम चौक नजिक देखिएपछि स्थानीयबासी र वन कर्मचारीको सहयोगमा नयाँ टोल, केमलीपुर, औरही खोला हुँदै वनतर्फ धपाइएको प्रनि सुवेदीले जानकारी दिए ।

मंगलबार बिहान जिल्लाको बटेश्वर गाउँपालिका वडा १ चित्रपुरमा दुइ वटा हात्ती देखा परेपछि स्थानीय धपाएका थिए । चित्रपुरमा हात्तीले एउटा पाडोलाई किचेको छ । स्थानीय इन्द्र महतोको गोठमा आक्रमण गरी एउटा पाडोलाइ किचेर घाइते बनाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । यस्तै बटेश्वर वडा नं. ३ मा एउटा मोटरसाइकलमा तोडफोड गरेको छ ।

विगत केही दिनदेखि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको मावन बस्तीमा प्रवेश गरेर हात्तीले उत्पात मच्याउँदै आएको छ ।

प्रतिक्रिया