Friday 19th of April 2024

देवरबाट बलत्कारको प्रयास

0 Shares

राजविराज : पति बैदेशिक रोजगारीमा विदेश रहेको मौका छोप्दै गाउँकै नातामा देबर पर्नेले बलत्कारको प्रयास गरेको एक महिलाले आरोप लगाएकी छन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ रम्पुराकी २८ वर्षिया राजकुमारी यादवले यस्तो आरोप लगाएकी हुन् । राजविराजमा सोमबार पत्रकार सम्मेलन गरेर नाताले देबर पर्ने सोही वडा निवासी ३५ बर्षीय सुर्य नारायण यादवले शनिबार रातीको समयमा आफुमाथि बलत्कार प्रयास गरेको उनले आरोप लगाएकी छन् । यस बारे जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी समेत दिईसकेको बताउदै उनले आरोपी ब्यक्ती गाउँकै एक जनप्रतिनिधिको छोरा रहेको सुनाईन । आरोपी छोरा जोगाउन जनप्रतिनिधि समेत रहेका बाबू लागि परेको र अहिले सम्म पक्राउ नगरिएकाले न्यायका लागि संचारकर्मी गुहारेको उनले बताइन् । राती खाना खाएर सुतिरहेको बेला एक्कासी ढोका फोडेर भित्र छिरेका यादवले लछारपछार गर्दै जवर्जस्ती करणी गर्न खोजेको उनले सुनाईन । सो क्रममा आफुले लगाएको लुगा च्याती नांगै बनाएको र चिच्याउन थालेपछि अर्काे कोठामा सुतेका सासु ससुराका साथै छिमेकीहरू आउँदा उनी भागेको राजकुमारीको भनाई छ । पत्रकार सम्मेलनमा पीडित महिलाका बुबा शिवनारायण यादवले छोरी सासू ससुराबाट समेत असुरक्षित रहेको भन्दै घरमा सुरक्षित साथ बस्ने बातावरणका लागि पहल गरि दिन आग्रह गरे ।

यता आरोपित सुर्य नारायण यादवले भाउजू राजकुमारीले लगाएको आरोप बिलकुलै निराधार र आफनो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन् । उनले आरोप झुटा रहेको दाबी गर्दै प्रमाणित भए, जुनसुकै सजाय भोग्न तयार रहेको बताए । झगडालु मिजाजका भाउजूको आफनै घरमा दिनहु सासू ससुरा सँग झै झगडा हुने गरेको छ, सुर्य नारायणले भने– ‘पंचायती गर्दा गर्दा हैरान छु ।’ भाउजुको अनुकुल पंचायती नहुँदा रिसले आगो भएकी उनले यस्तो तल्लो स्तरको आरोप लगाएको सुर्य नारायणले दाबी गरे । डिएसपी माधव प्रसाद काफ्लेले पीडित महिलाको उजुरीको आधारमा आबश्यक अनुसन्धान गर्न त्यस तर्फ एक टोली खटाईसकिएको बताए । घटना बारे दुबै पक्षको दाबी र सत्य तथ्य छानबिन भईरहेको छ, उनले भने–‘दोषी जो सुकै भएपनि कानुन अनुसार कार्यवाही हुन्छ ।’

प्रतिक्रिया