Wednesday 29th of May 2024

जनकपुरमा नेता यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर प्रचण्डले दिए अन्तिम श्रद्धाञ्जली, शोक व्यक्त

0 Shares

जनकपुरधाम / नेकपा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्मकल दहाल प्रचण्डले सोमबार राति निधन भएका पार्टीका केन्द्रिय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिएका छन् ।

मंगलबार बिहान नेकपा माओवादी केन्द्र धनुषा जिल्ला पार्टी कार्यालयमा प्रचण्डले यादवको पार्थिव शरीरमा फुलमालासहित पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

श्रद्धाञ्जली दिँदै प्रचण्डले नेता यादवको निधनप्रति शोक व्यक्त गरेका छन् । नेता यादवको निधनले पार्टीएल एक होनहार योद्धा नेता गुमाएको र यसले पार्टीलाई अपूर्णीय क्षति भएको प्रचण्डले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

यस्तै माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका प्रसाद यादवसहित शीर्ष, केन्द्रिय, प्रदेश तथा स्थानीय नेता तथा कार्यकर्ताहरुले नेता यादवको पार्थिव शरीरमा फुलमाला अर्पण गरी श्रद्धाञ्जली दिएका छन् ।

नेता यादवको अहिले पार्टी कार्यालयको छेउमै रहेको स्वर्गद्वारी असमसान घाटमा अन्त्येष्टि गरिँदै छ ।

धनुषाको सहिदनगर नगरपालिका १ बालाबाखरका स्थायी बासिन्दा नेता २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका थिए । सहिद रामवृक्ष यादवको आदर्शबाट प्रभावित भइ नेकपा माओवादीमा लागेका नेता यादव दश वर्षे जनयुद्धमा धनुषा, महोत्तरी र सिरहाका कमाण्डर समेत थिए ।

तीनवर्षदेखि क्यान्सर रोगले पीडित नेता यादवको आइतबार राति १० बजे जनकपुरधाम उपमहानगरपालिका १४ स्थित आफ्नै निवासमा मृत्यु भएको हो ।   –टुडेपाटी

प्रतिक्रिया