रूसी विमान दुर्घटना,

काठमाण्डाै / मङ्गलवार बिहान २९ जना यात्रु लिएर रूसको सुदूरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

unn.prixa.net

विमानमा छ जना चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालक दलका सदस्य र २२ जना यात्रु थिए ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलवार अपराह्न रार्डरसँग सम्पर्कविच्छेद भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार