
जनकपुरधाम: प्रदेश २ का प्रदेशसभा सदस्य रानी शर्मा तिवारी आफ्नै क्षेत्रमा घेराबन्दीमा परेकी छन् ।विकास निर्माणमा व्यापक अनियमितता गरेको भन्दै महोत्तरीको चकवाका स्थानीय युवाहरुले उनलाई घेराबन्दी गरेका हुन् ।
महोत्तरी क्षेत्र नम्बर ३ ९ख० पूर्व राजपा नेपालबाट निर्वाचित प्रदेश सांसद शर्मा मंगलबार दिउँसो निरीक्षण गर्न पुगेको उनलाई घेराबन्दी गरिएको थियो । विकास निर्माणमा व्यापक अनियमितता गरको भन्दै उनलाई स्थानीय बासिन्दाले घेराबन्दी गरेपछि दुईतर्फा बाझाबाझ भएको थियो । युवाहरु आक्रोसित भएपछि प्रदेश सांसद शर्मा त्यहाँबट भागेकी स्थानीय बासिन्दाले बताएका छन् ।
थरुवाही–चकवा सडक निर्माण भईरहेको क्रममा विवाद हुँदा सांसद तिवारी जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र एकडारा गाउँपालिकाका अध्यक्ष रामछविलासहित त्यहाँ पुगेकी थिईन् । सो क्रममा स्थानीय युवाहरुले गाउँको अन्य सडकखण्डको अवस्था पनि अत्यन्त खराब रहेको र गाउँभरि हिलो नै हिलोका कारण जनता दुःख भोग्न बाध्य रहेको अवस्थामा उनीहरुलाई पनि गाडीमा चढेर नभई पैदल हिँडेर मात्र निरिक्षण गर्न दवाव दिएका थिए ।
सोही क्रममा सांसद तिवारीसँगै रहेका सत्येन्द्र यादव भन्ने व्यक्तिले स्थानीय युवाहरुसँग विवाद समेत गरेका थिए । स्थानीयले रमेश रायले भने,‘नेता भएपछि जनताका लागि विकास नगर्दा जनताले नेतालाई गाली गर्नसक्छ । तर सो क्रममा उनका समर्थकले स्थानीयसँग झगडा गर्नु उचित छैन् ।’
यता, सत्येन्द्र यादवले भने स्थानीय युवाहरुले सांसद तिवारीसँग विवादको क्रममा धक्कामुकी गरेपछि आफूले उनीहरुलाई रोक्ने प्रयास मात्र गरेको दावी गरेका छन् । श्रोतः टुडेपाटी