महोत्तरीमा १५ हजार घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका वरिष्ठ हबलल्दार माथि विशेष अदालतमा मुद्दा दायर

गौशाला ः महोत्तरीको गौशालाबाट १५ हजार घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार माथि विशेष अदालतमा मुद्दा दायर भएका छन् ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले बस्नेतलाई १५ हजार घुस रकम लिएको आरोपमा उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएको बताइएको छ ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश रामनगर, गौशाला, महोत्तरीका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवन कुमार बस्नेतले सेवाग्राहीलाई घरायसी प्रयोजनको लागि काठ दाउरा ओसारपसार गर्न सहजीकरण गरिदिने भनी रु. १५,००० ।– घुसररिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निज सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सरबन कुमार बस्नेतलाई बिगो रु। १५,०००।– (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार