Saturday 20th of April 2024

महोत्तरीमा ११ हजार भोल्टको तारमा टिपर टाँसिदा बर्दिबासका चालक गम्भीर घाइते

0 Shares

गौशाला ः महोत्तरीको मनरासिसवामा ११ हजार भोल्टको विद्युतीय तारमा टिपर टाँसिदा चालक गम्भीर घाइते भएका छन् ।

बर्दिवास नगरपालिका–१२ बिजलपुराका करिब ३० वर्षीय छोटु महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मंगलबार मनरासिसवा नगरपालिका वडा नं. ४ जाउख चोकस्थित जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ख ००२० नम्बरको टिपर एघार हजार भोल्टको तारमा टाँसिएपछि सो गाडीमा करेन्ट प्रवाह भएको थियो ।

एघार हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका टिपर चालक महतोको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको विष्टले बताए ।

हाल टिपर प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया