Thursday 6th of February 2025

महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ

0 Shares

महोत्तरी : महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१८ महुवा बस्ने २५ वर्षीय गौतम शर्मा र महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर-१० सकरी बस्ने रामबिनय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको हलखोरी चौकीका इन्चार्जसहितको टोलीले चेकजाँचको क्रममा हलखोरीदेखि सकरी जाने बाटोमा उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको थियो ।

प्रदेश २-०३३१ प ९२०६ नम्बरको मोटरसाइकलमा सवार भई गईरहेको क्रममा प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ३ कार्टून लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेका दुबै युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको उनले बताए ।

प्रतिक्रिया