Tuesday 10th of December 2024

सवारीसाधनको करमा आसार मसान्त भित्रको जरिवाना नलाग्ने

0 Shares

प्रदेश २ मा सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्त भित्रको सम्म जरिवाना नलाग्ने भएको छ ।

असार मसान्त भित्रै शुल्क र दस्तु बुझाए जरिवाना नलिने प्रदेश २ सरकारले निर्णय गरेको छ ।

कोभिड अवधिसम्मका लागि यातायात कार्यलयद्वारा लाग्ने जरिवाना छुट गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्णय गरेको हो ।

विगत लामो समयदेखिको निषेधाज्ञाका कारण सवारी धनीहरुले आ–आफ्नो सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसक्ने अवस्थालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए ।

उनका अनुसार निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधनहरु सञ्चालनमा नआएको र यातायात कार्यालय समेत बन्द रहेकाले सरकारले जरिवाना छुट दिने निर्णय गरेको हो ।

प्रतिक्रिया