प्रदेश २ प्रेस संगठन पुनर्गठन ः इन्चार्जमा खतिवडा, संयोजकमा कर्ण

महोत्तरी : प्रचण्ड नेपाल समूह प्रेस संगठन नेपालले सातवटा प्रदेश इन्र्चाज र संयोजक पुनर्गठन गरेको छ ।

आइतबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गर्दै सो पार्टीनिकट पत्रकारहरु आवद्ध रहेको संगठन पुनर्गठन गरेको हो ।

जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ ।

वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भएका छन् ।

गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन् ।

लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ ।

कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजक गणेशकञ्चन भारती चयन भएका छन् ।

सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चुनिएका छन् ।

त्यसैगरी, संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन् ।

प्रतिक्रिया