१२० रुपैँयाको लागि भान्जाले गरे मामाको हत्या

आफ्नै भान्जाले चक्कु प्रहार गरि मामाको हत्या गरेका छन् । १ सय २० रुपैँयाका कारण भान्जाले मामाको हत्या गरेका हुन् ।

यो घटना भारतको मध्य प्रदेशको हो । मामा कयूमको माछाको पसल थियो र त्यसैको छेउमा भान्जा कूल्लुको होटल ।

कुल्लुले मामाको पसलबाट माछा लगेका थिए । पछि मामाले पैसा लेउ भन्दा उनीहरुबीच विवाद शुरु भएको थियो ।विवाद चर्कीदै जाँदा कूल्लुले मामालाई चक्कु प्रहार गरे ।

त्यसपछि कूल्लु फरार भएका थिए । घाइते कयूमको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भारतीय प्रहरीका अनुसार कूल्लु अहिले फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार