Tuesday 11th of February 2025

देशभर २७ प्रतिशत क्षेत्रफलमा धान रोपाईं ।।

0 Shares

धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रमा धान रोपाईं सम्पन्न भएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशभरि १३ लाख ७१ हजार हेक्टरमा वर्षे धान रोपाईं हुँदै आएको छ। त्यसमध्ये असार १५ सम्म ३ लाख ७१ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको मन्त्रालयले बताएको हो।
मन्त्रालयले दिएको तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ दशमलब १४ प्रतिशत धान रोपाईं सकिएको छ।
त्यस्तै, सुदुर पश्चिममा ४८ दशमलब ३१, लुम्बिनी प्रदेशमा ४५ दशमलब ९४, बाग्मती प्रदेशमा २१ दशमलब ०७, प्रदेश १ मा १७ दशमलब ९९ प्रतिशत, गण्डकी प्रदेशमा १५ दशमलब ३४ र प्रदेश २ मा १० दशमलब ५५ प्रतिशत रोपाईं सकिएको छ।
गत वर्ष सोही अवधिमा ४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाईं भएको थियो।

प्रतिक्रिया