
महोत्तरीः महोत्तरीमा गत शनिवारसम्मको निरन्तर ४ दिन वर्षा र सो पछि समेत केहि स्थानमा वेला वेला हुने गरेको वर्षाले महोत्तरी अझै वाढीको जोखिमबाट बाहिरिन सकेको छैन । हाल मनसुन चलिरहेको र नदीहरुको तल्लो भागमा अझै पानीको वहाव देखिएकोले थप मुसलेधार वर्षाले तटिय क्षेत्रका वस्तीमा वसोवास गर्नेहरु भने निदाउन सकेका छैनन ।
गत वर्ष आएको वाढीले बर्दिवास नगरपालिका,भंगहा नगरपालिका,बल्वा नगरपालिका,महोत्तरी गाउपालिका र लोहारपटटी नगरपालिका स्थित विभिन्न १३ ठाउमा तटबन्ध भत्काएपनि हालसम्म मर्मत हुन नसक्दा र विगत केहि दिनको वर्षाले समेत तटबन्धहरुको विभिन्न भागमा क्षति पुर्याएकोमा स्थानियहरु निदाउन नसकेका हुन ।
जमिन पानीले भिजिसकेको र अव थप वर्षा भए वाढीले वगाउने भन्दै स्थानियहरु डराएको बल्वा नगरपालिका वडा नं। १ का वडाअध्यक्ष श्याम कुमार साहले वताए । उनले गत वर्ष नै वाढीले क्षति गरेको तटबन्ध मर्मतको लागि वारम्वार हार गुहार गर्दा समेत जनताको तटबन्धले समयमै नसुनिदिउको बताए ।
वर्षाले असार १६,१७,१८ र १९ गते मनरा सिस्वा,जलेश्वर,सोनमा,एकडारा र महोत्तरी गाउपालिकाको विभिन्न २० परिवारको घर र गोठमा क्षति पुर्याईसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले १९ जनाको कच्ची घर र एक जनाको गोठमा क्षति पुगेकोमा सो मध्ये १२ जनाको घरमा पुणर् क्षति भएको बताए । उनले थप ४ जनाको घरमा आंशिक र ३ जनाको घरमा सामान्य क्षति पुगेकोमा सो मध्ये केहिको उठिवास नै भैसकेको र केहि क्षतिग्रस्त घरमै वसिरहेको वताए ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले घर पुणर् र आँशिक क्षति भएर विजोगमा परेका परिवारहरुको लागि केहि राहत रकमको समेत व्यवस्था भएकोले प्रहरी र वडाबाट समेत सवै तथ्यांकहरु पुष्टी भएर आएपछि राहत रकम वितरण गरिने वताए । उनले थप वर्षासंगै वाढीकै समेत सम्भावना अझै रहेकोले आवश्यक सतर्कता अपनाउन समेत स्थानियहरुलाई आग्रह गरेका छन ।
प्रतिक्रिया