Tuesday 28th of May 2024

महोत्तरीमा सर्पले डस्दा महिलाको मृत्यु

0 Shares

 

महोत्तरी / जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले डसेको थियो ।

सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । – रासस

प्रतिक्रिया