नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाण्डाै / नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराउनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

unn.prixa.net

महाधिवेशन नगरेका कारण माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको वैधानिकता नरहेको नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले दाबी गर्दै आएका छन् ।

यसअघि निर्वाचन आयोगले दुई बुँदे सर्कुलर गर्दै एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका सबै राजनीतिक दललाई कानुनले तोकेअनुसार महाधिवेशन भएकाे/नभएको जानकारी गराउन भनिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार