महोत्तरी : महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा न.११ कालिपुर ससुराली भएकी रिंकु महतोको शव केही दिन अगाडी आफ्नै ससुराको घरको आँगनमा झुन्डीएको अवस्थामा फेला परेको थिए । उनको मृत्यु आत्महत्या गरेर भएको भनिए पनी झुन्डेको अवस्थामा भेटेको मृतक रिंकु महतोको शवको प्रकृतिले हत्या भएको हुन सक्ने शंका उब्जाएको छ ।
रिंकुका भाई श्याम सुन्दर महतोको अनुसार रिंकुको शव उनका ससुराको घर को आँगनमा पाइएको थियो । कुनै पनि व्यक्ति यदि आत्महत्या गर्न सोच्छ भने त्यसले पहिला एकान्त ठाउँ रोज्छ जहाँ कोई आउन नपाओस तर रिंकु को केसमा उनको शव घरको बाहिर भेटेको थियो जहाँ सजीलै मानिस पुग्न सक्थयो । अर्को कुरा श्याम सुन्दरको भनाई अनुसार शवको र जमिनको दुरी निकै नै कम रहेको र त्यतिको दुरीमा आत्महत्याको प्रयास सफल कुनै हालतमा हुन सक्दैन जुन कि फोटोमा पनि हेर्न सकिन्छ ।
रिंकुको मृत्यु भन्दा पहिला
करिब डेढ बर्ष पहिले महोत्तरी ०३ निवासी रिंकु महतो को बिहे महोत्तरी कै गौशाला वडा न. ११ कालीपुर बस्ने तेजनरायण (प्रविन) महतो संग भएको थियो । बिहेको केही महिना विते पछी पति तेजनरायण र उनका परिवारका सदस्यहरुले विभिन्न बहानामा रिंकु माथी हिंसा गर्न थाले । कहिले खाना ढिला भयो भनेर कुटपिट गर्थे भने कहिले माइती बाट पैसा ल्याउन घरमा कोलाहल नै गर्थे । यस्तै हिंसा सहदै रिंकुको लगभग डेढ बर्ष बित्यो ।
एक दिन उनका पति तेजनरायणले माइतीबाट पचास हजार रुपैया माग्न दवाव दिन थाले । धेरै दवाव र झैझगडाका कारण उनले माइतीमा श्रिमानले मागेको पचास हजार बारे कुरा राखे तर कुरा राख्दा उनि हिच्काउदै थिए । उनी यसकारण खुलेर माग्न सकेका थिएनन किनभने उनका माइती पनि निकै नै गरिब थियो । तर रिंकुको कुरा सुनेर भाइ श्याम सुन्दरले जसोतसो कर्जा गरेर दस हजार रुपैया रींकुको श्रिमान लाई दिए ।
तर पनि तेजनरायणले रिंकु माथीको हिंसा बन्द गरेनन ।
अस्ति बरसाइत पर्वको २-३ दिन पहिले रिंकु उनका पति तेजनरायण संगै माइति गएका थिए । माइतिमै तेजनरायण ले श्रीमती माथी कुटपिट गरे पछी रिंकुकि आमाले तेजनरायणलाई समझाई बुझाई गरेर घर फर्काएका थिए । रिंकु आफ्नो ससुरा घर फर्केको तीन दिन नबित्दै उनले आत्महत्या गरेको कुरा सार्वजनिक भयो । रिंकुको मृत्यु हुनुभन्दा एक दिन अगाडी घरमा धेरै झगडा भएको छिमिकीको भनाइ रहेको छ ।
समाजिक अभियन्ता सबिता यादवले बुद्ध एक्सप्रेस संग कुरा गर्दै भने ‘रिंकुको मृत्यु भएको यति दिन बिती सक्दा पनि प्रहरीले कुनै चासो देखाएको छैन, कुनै अनुसन्धान अगाडि बढेको देखीदैन । रिंकुका भाई श्याम सुन्दर दिनहु महोतरी प्रहरी कार्यलय भौतारिदा पनि प्रहरीले जाहेरी समेत दर्ता गरेका छैनन् ।’ यसरी त पुलिस प्रशासनले समेत साथ नदिदा गरीब जनताहरु न्याय माग्न कहाँ जाने ? भनेर प्रश्न समेत उठाएका छन ।
यस अघि महोतरी मै सुजिता ठाकुरको हत्या पछि प्रहरीको लापरबाही बाहिर आएको थियो । रिंकुको केसमा सुक्ष्म अनुसन्धान बिना नै आत्महत्या भन्नु प्रहरीको ठुलो भुल र लापरवाही हुनेछ ।