Sunday 9th of February 2025

गौशाला नगरपालिकामा छतको पानी पर्खालमा झारको भने पछि दुईपक्षविच हानाहान ५ जना घाईते र एकजनाको अवस्था गम्भीर ।।

0 Shares

मौसम झा,जनकपुर महोत्तरी। महोत्तरी गौशला नगरपालिका निगौल सुन्दरीटोल स्थित दुईपक्षविच कुटाकुट हुँदा ५ जना घाईते भएको छ भने एकजनाको अवस्था चिन्ता जनक रहेको छ ।

गौशला नगरपालिका वडानम्बर २ स्थित नवल किशोर यादव र दिनेश सोनार विच छतको पानि आफनो देवाल माथी गिराईरहेको भन्दै केहीदिन देखि विवाद हुँदै आइरहेको थियो । दिनेश सोनारको छतको पानि आफनो घरको देवाल माथी गिरिरहेको थियो जसले गर्दा पानिको समयमा घरमा रहेको सामानहरु भिजेर नष्ट भइरहेको थियो ।

तस्वीर/पत्रकार : मौसम झा,जनकपुर ।

यो विवादलाई गाउँमै रहेको ईलाकामा ३–४ चोटी पन्चैती बसेको थियो तरपनि राम दिनेश सोनार आफनो देवाल माथी जर्वदस्ती पानि गिराई रहेको थियो । छतको पानिले आफनो घरभित्र रहेको खाद्यान्न लगायत समान भिजेको कारण गाउँकै राम किशुन ठाकुरलाई हेरदिन भनेको तर पन्चैतिमा सामिल ठाकुर घरमा भएको छती हेर्नपनि आएन उल्टै आफनो घरमा आएर गालिगलैज गरेको पिडित पक्षको भनाई छ ।

पिडितका अनुसार घरमा भएको छती हेर्दिन भनेको भोलीपल्ट आफनो छोरा राम किशुन ठाकुरलाई आफनो घरमा गएर किन गाली गरेको भन्न साथ आक्रोसित हुँदै राम किशुन ठाकुर, रोशन ठाकुर, तुलसी ठाकुर, तपसी ठाकुर, रवी ठाकुर र संजिव ठाकुर लगायतका व्यक्तिहरुले आफनो सम्पुर्ण परिवारलाई लाठी, रड, हथौडा र दविया लगायतका घरेलु हथियारले आक्रमन गरेको पिडित मनतोरीया देवीको भनाई छ ।

कुटाकुटको घटनामा नवल किशोर यादव, राम ईश्वर यादव, रुपेश कुमार यादव, दिपेश कुमार यादव, सरवेश्वर कुमार यादव लगायतको व्यक्तिहरु घाईते भएको छ ।

घाईतेहरुलाई जनकपुर स्थित रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ भने गम्भीर घाईते राम ईश्वर यादवलाई रेफर गरेर विराटनगर स्थित रहेको नियूरो होस्पिटलमा उपचार भइरहेको पिडितले जनकारी दिएको छ ।

प्रतिक्रिया