Monday 9th of December 2024

सप्तरीमा बसको ठक्करले एम्बुलेन्स चालकको मृत्यु ।।

0 Shares

सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुर निवासि ४५ वर्षीय छेदीलाल कामत छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ शम्भुनाथ मन्दिरको प्रवेशद्वार नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्वरको बसले विपरीत दिशाबाट अाउदै गरेको सिरल औषधी व्यावसायको स १ च ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतककाे शव पोष्ट मार्टमका लागि गांगा प्रसाद उमा प्रसाद स्मारक अस्पताल लहान सिरहा पठाईएको र ठक्कर दिए ।

बसका चालक फरार रहेको र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया